मंगलबार, वैशाख ४, २०८१

भारतमा कोरोनाको कहर: एक दिनमा ११ सयभन्दा बढीको मृत्यु ४५ हजार बढी संक्रमित

नेपालखोज २०७७ साउन ८ गते १२:०९

काठमाडौं । छिमेकी देश भारतमा पछिल्लो दिनमा कोरोना संक्रमित र मृत्युदर दिनप्रति दिन बढ्दै गएको छ ।

भारतमा पछिल्लो २४ घण्टा यता १ हजार १ सय २० भन्दा बढीको कोरोनाको कारण मृत्यु भएको छ भने ४५ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् ।

हाल कोरोना संक्रमितको तेस्रो स्थानमा रहेको भारतमा दिन प्रतिदिन कोरोनाको संक्रमण बढेसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने विज्ञहरुको भनाइ छ । नेपालमा पछिल्ला दिनमा कोरोना परीक्षण कम गरेकाले थोरै जनामा कोरोना पुष्टि भएको छ ।

हाल भारतमा १२ लाख ३९ हजार ६ सयभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने २९ हजार ८ सय ९० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया