बुधबार, वैशाख १२, २०८१

सनराइजले साना उद्यमीलाई २४ घन्टामै कर्जा दिने

नेपालखोज २०७७ साउन ८ गते १५:४०

काठमाडौं । सनराइज बैंकले साना उद्यमी लक्षित कर्जा योजना ल्याएको छ । योजनाअन्तर्गत ९.९५ प्रतिशतमा २४ घन्टाभित्र कर्जा उपलब्ध गराइने बैंकले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढंगले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सन्राइज बैंक लिमिटेडले ‘सनराइज सरल एस.एम.ई कर्जा’ ९.९५ प्रतिशत वार्षिक ब्याजदरमा दिने भएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको जनाइएको छ ।

यो योजनामा ग्राहकले १ करोडसम्मको कर्जा सहुलियत ब्याजदरमा प्राप्त गर्न सक्नेछन् । त्यस्तै बैंकले कर्जाको लागि प्रचलित धितोको लागि समेत केही छुट प्रदान गर्नेछ । यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधासमेतको लाभ उठाउन सक्नेछन् । साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिका लागि विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको जनाइएको छ । यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका यस बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्ने बैंकको वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया