मंगलबार, असोज १२, २०७८

विद्युत् प्राधिकरणबाट सवा तीन अर्ब रूपैयाँ राजश्व सङ्कलन

नेपालखोज २०७७ साउन ८ गते १६:१५

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६/७७ मा ३४ करोड १७ लाख ७१ हजार ९ सय ८३ रूपैयाँ युनिट विद्युत् बिक्री गरी ३ अर्ब २५ करोड २३ लाख ७७ हजार ५ सय २१ रूपैयाँ राजश्व सङ्कलन गरेको छ ।

वितरण केन्द्रले गत आर्थिक वर्षमा कालोसूचीमा रहेका ग्राहकमध्ये ३७ ग्राहकलाई जरिवाना गरी रु १८ लाख ८१ ह्जार ६४८ उठाएको केन्द्र प्रमुख शम्भु कुसियत यादवले बताए ।

खम्बामा तार घुसाउने र मिटरबाट विद्युत् चुहावट गर्ने ११० ग्राहकलाई कारवाही गरी २५ लाख ९० हजार रूपैयाँ जरिवानावापत उठाइएको सो कार्यालयले जनाएको छ । ४७ हजार ८ सय २९ उपभोक्ताले विद्युत् प्रयोग गर्दै आएकामा केन्द्र १ हजार २ सय २८ ग्राहकको लाइन काटी ५ करोड ३८ लाख बक्यौता उठाउन सफल भएको छ ।

विद्युत् चुहावटलाई ४ दशमलव ५ प्रतिशतमा झार्ने वार्षिक लक्ष्य रहेकामा कार्यालयले कडाइ गरी अहिले वार्षिक विद्युत् चुहावट ३ दशमलव ८ प्रतिशतमा झारेको छ । केन्द्रले विद्युत् चुहावट रोक्न नियमित छड्के तथा अनुगमन थालेको छ ।  रासस

प्रतिक्रिया