बिहीबार, वैशाख १३, २०८१

श्रीपालीद्वारा सन्यासको घोषणा

नेपालखोज २०७७ साउन ८ गते १६:१३

काठमाडौं । श्रीलङ्का महिला क्रिकेट टिमकी बलिङ अलराउन्डर ३४ वर्षीया श्रीपाली विराकोडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छिन् ।

सन् २००६ मा डेब्यु गरेकी भेट्रान खेलाडी श्रीपालीले श्रीलङ्काका लागि ८९ एक दिवसीय र ५८ ट्वान्टी ट्वान्टी खेलेकी छिन् । सन्यास लिनका लागि उपयुक्त समय भएकाले आफूले सन्यासको घोषणा गरेको श्रीपालीले बताएकी छिन् । श्रीपालीले श्रीलङ्काका लागि सन् २००९, १३ र १७ को एक दिवसीय विश्वकप खेलेकी छिन् ।

यस्तै ट्वान्टी ट्वान्टीमा सन् २००९, १०, १२, १४ र १८ गरी पाँच पटक ट्वान्टी ट्वान्टी विश्वकप खेलेकी छिन् । उनले श्रीलङ्काको लागि अन्तिम खेल २०१८ को ट्वान्टी ट्वान्टी विश्वकपमा बङ्गलादेशसँग खेलेकी थिइन् ।

प्रतिक्रिया