शुक्रबार, वैशाख १४, २०८१

उपत्यका प्रवेशमा कडाइ

नेपालखोज २०७७ साउन ८ गते १७:२८

काठमाडौं । सरकारले सीमा जोडिएका एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात चलाउन पाइनेगरी निर्णय गरेको भए पनि उपत्यका प्रवेशको नाकामा भने प्रहरीले कडाइ कायमै राखेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सीमा जोडिएका जिल्लामा यातायात चलाउन पाइने गरी निर्णय गरेको भए पनि उपत्यका प्रवेशका हकमा भने यो नियम लागू नरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

उनकाअनुसार उपत्यका प्रवेशका नाकाहरुमा पूर्ववत रुपमै चेकजाँचलाई कडाइ गरिएको छ । अहिले पनि उपत्यका प्रवेशका लागि सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा मात्रै उपत्यका प्रवेश गर्न दिइएको उनले बताए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार यातायात व्यवसायीले आजदेखि पूर्णरुपमा सार्वजनिक यातायात चलाउन थालेका छन् । लामो दूरीको यातायातका साधन भने आगामी भदौ १ गतेदेखि सञ्चालन हुने यातायात व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया