बिहीबार, वैशाख १३, २०८१

एकै दिन १३ सयले बढ्यो सुन, प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार

नेपालखोज २०७७ साउन ९ गते ११:३६

काठमाडौं । शुक्रबार सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिनमा सुन दिन प्रति दिन सुनको भाउले नयाँ रेकर्ड कायम गर्दै गएको छ । बिहीबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन एकै दिन १ हजार ३ सय रुपैयाँ बढेको हो ।

बिहीबार प्रतितोला ९४ हजार ६५ रुपैयाँमा कारोबार भएको तेजावी सुन साताको अन्तिम दिन शुक्रबार ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै चाँदीको मूल्यले पनि दिन प्रति दिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । बिहीबार प्रतितोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी साताको अन्तिम दिन शुक्रबार १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया