बुधबार, वैशाख २६, २०८१

पछिल्लाे २४ घण्टामा थप १ सय ३३ जना काेराेना संक्रमित थपिए

नेपालखोज २०७७ साउन ९ गते १६:२९

काठमाडाैं । पछिल्लाे २४ घण्टा यता थप १ सय ३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ३ सय ७४ जना पुगेकाे छ ।

देशभरका विभिन्न प्रयाेगशालामा  ३ हजार ९ सय ८७ जनाको परीक्षणमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएकाे शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

भने कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।

त्यस्तै शुक्रबार बिहान विरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको मृत्यु भएकाे हाे । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४४ पुगेकाे छ ।

 

प्रतिक्रिया