शुक्रबार, वैशाख ७, २०८१

उत्तर कोरियामा मास्क लगाउन अनिवार्य

नेपालखोज २०७७ साउन ९ गते १७:४०

एजेन्सी । आफ्नो देशमा अहिलेसम्म कोरोना भाइरस प्रवेश नगरेको बताइरहेको उत्तर कोरियाले मास्क लगाउन अनिवार्य गरेको छ ।

कठोर कानुन भएको देश उत्तर कोरियाले मास्क नलगाएमा तीन महिना श्रम कैद सजाय तोकेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।

यदि कोही मास्क नलगाइ सार्वजनिक ठाउँमा निस्किएमा उसलाई पक्राउ गरेर तीन महिना श्रम कैद राख्ने व्यवस्था गरेको डेलीमेलले जनाएको छ । मास्क लगाए र नलगाएको हेर्नको लागि विद्यार्थीहरुको टोली खटाउने तयारी थालेको पनि खबरमा उल्लेख छ ।

उत्तर कोरियाले यसअघि नै समूहमा बस्न रोक लगाउँदै सीमा क्षेत्रका मानिसहरुले अरु भन्दा अलग बस्नुपर्ने नियम लागू गरिसकेको छ । उत्तर कोरियाले आफूलाई कोरोनामुक्त क्षेत्र घोषणा गरेको छ ।

तर अन्य देशले भने सूचनामा निकै कडाइ गर्ने उत्तर कोरियाले सूचना लुकाएको वा परीक्षण नै नगरेको बताइरहेका छन् ।

प्रतिक्रिया