शुक्रबार, वैशाख ७, २०८१

ओलीको सक्रियतामा एमाले पार्टी दर्ता भएको हो : प्रचण्ड

नेपालखोज २०७७ साउन ९ गते १७:५७

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओली कै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् ।

आयोगमा सो पार्टी दर्ता हुनुले पार्टी संकटमा रहेको उनको टिप्पणी छ । पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले पदको मात्र नभई विधि र सिद्धान्तको बहस भइरहेकोसमेत बताए । अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र नफुट्ने विश्वास आफूमा रहेको उनको भनाइ छ ।

घुमाउरो भाषामा प्रचण्डले ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको संकेतसमेत गरे । बहुदलीय जनवादलाई आफूहरुले अस्वीकार नगरेको अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् ।

त्यस्तै, सोही कार्यक्रममा बोल्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कसैले फुटाउन खोज्दैमा नेकपा नफुट्ने दाबी गरेका छन् । कोही चोइटिन खोजेमा चोइटिएला तर नेकपा नफुट्ने उनको दाबी थियो । आफू नै राज्य हो र आफूबिना संसार चल्दैन भन्ने भ्रममासमेत नपर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया