बिहीबार, चैत ६, २०८१

सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल

नेपालखोज २०७७ साउन १० गते १६:१९

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा घर सञ्चालन गर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको बताए ।

Advertisement

चलचित्र विकास वोर्डले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सिनेमा घरहरुले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दुरी कायम गरी चलाउन सक्ने भए छलफल गरेर अगाडि बढ्न सकिने बताए ।

सिनेमा घर सञ्चालन गर्ने सम्बन्धमा चलचित्र विकास बोर्डले मापदण्ड तयार गरिसकेको र त्यसमा छलफल गरेर छिट्टै टुंगोमा पुग्ने उनको भनाइ छ ।

चलचित्र क्षेत्र अति प्रभावित क्षेत्र भएकाले लकडाउनका कारण परेको असरलाई न्यूनीकरण गर्न मौद्रिक नीतिले सम्बोधन गरेको मन्त्री खतिवडाले बताएका छन् । उनकाअनुसार चलचित्रमा भएको लगानीलाई ह्रास हुन नदिन र पूँजी क्षय हुन नदिन नीतिगत रुपमा मिलाउने कामहरु भइसकेको छ ।

प्रतिक्रिया