रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
नेपालखोज
२०७७ साउन १० गते १६:३४
काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । आज नागपञ्चमीका दिन मध्यान्ह १२ः१५ बजे शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।
रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए ।
उनकाअनुसार विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो । यस वर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।
यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण असार १० गतेदेखि मात्र रथ निर्माण सुरू गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया