पूर्वडीआईजी रञ्जन कोइराला सम्बन्धी पुनरावलोकन मुद्दा आज सुनुवाइ हुँदै
नेपालखोज
२०७७ साउन ११ गते ८:०५
काठमाडौं । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालालाई आधाभन्दा बढी कैद सजाय छुट गरेको फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा दर्ता गरेको पुरवलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ।
पत्नी गीता ढकालको हत्या गरेको कसुरमा काठमाडौं जिल्ला अदालत र तत्कालीन ललितपुर पुनरावेदन अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद सजाय तोकेकामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले साढे ११ वर्ष कैद घटाउँदै उनलाई बिहीबार जेलमुक्त गराएको थियो।
त्यो फैसला गलत भएको दाबीसहित पुनः विचार गर्न माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले बिहीबार सर्वोच्चमा दर्ता गराएको पुनरवलोकन निवेदनमा आज सुनुवाइ हुने भएको हो। यो निवेदन आजका लागि पेसीमा चढिसकेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया