वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक वृद्धको मृत्यु
नेपालखोज
२०७७ साउन ११ गते १०:३०
वीरगञ्ज । पार्साको वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक वृद्धको मृत्यु भएको छ। वीरगञ्ज आदर्शनगरका एक जना पुरूषको आज बिहान मृत्यु भएको हो ।
मुटु रोगी विरामी रहेका ती व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएपछि उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आइसियुमा राखेर उपचार भइरहेकोमा आज उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड डा मदन उपाध्यायले बताए। उनको कोरोनाका कारण मृत्यु भए नभएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया