आइतबार, जेठ ६, २०८१

बैंक तथा वित्तीय क्षेत्रको छानबिनको अधिकार दिन अख्तियारको माग

नेपालखोज २०७७ साउन ११ गते १४:५२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक, वित्तीय क्षेत्र तथा सहकारी क्षेत्रमा हुने अनियमितताको छानबिनको अधिकार दिन माग गरेको छ ।

आयोगको वार्षिक प्रतिवेदनमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आज भएको छलफलमा पदाधिकारीहरुले निजी वित्तीय क्षेत्रको अनुसन्धान तथा छानबिनको अधिकार दिनुपर्ने जनाएका हुन् ।

व्यक्तिगत सम्पत्तिको छानबिन गर्न अख्तियारले माग नगरेको सचिव सुरेश अधिकारीको तर्क थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक अहिले संसद्मा विचाराधीन छ ।

प्रतिक्रिया