मास्क प्रयोग नगर्नेहरुलाई कारबाही गर्न गृहको निर्देशन
नेपालखोज
२०७७ साउन ११ गते १५:३७
काठमाडौं । मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृहमन्त्रालयले निर्देशन दिएको छ । मास्कको प्रयोग घटेको भन्दै ७७ वटै जिल्ला प्रशासन कार्यलय र नेपाल प्रहरीलाई सो निर्देशन दिइएको हो ।
गृहमन्त्रालयले जारी गरेको निर्देशन कडाईका साथ लागू गर्न निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । मास्क नलगाउनेलाई पक्राउ गर्न भनेको अधिकारीले बताउनुभयो । साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनु पर्नेछ ।
मास्क नलगाउने व्यक्ती विरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ । पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्दै गएको छ ।
सम्बन्धित
प्रतिक्रिया