मंगलबार, चैत ११, २०८१

प्रदेश प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ साउन ११ गते १५:५५

विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थप १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थय प्रयोगशाला विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्‍टि गरेको भएपनि प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले भने संख्या खुलाएनन् । सबै विवरण नआइसकेको भन्दै उनले केहीमा संक्रमण देखिएको बताए ।

पाँच जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएपछि सबै प्रहरीलाई क्‍वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसैक्रममा आइतबार पनि प्रहरीहरुमा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया