सोमबार, जेठ १४, २०८१

पछिल्लाे २४ घण्टा यता थप १ सय ३० जनामा काेराेना पुष्टि

नेपालखोज २०७७ साउन ११ गते १६:३०

काठमाडाैं । नेपाल थप १ सय ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै काेराेना संक्रमितकाे संख्या  १८ हजार ६१३ पुगेको छ ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित प्रेस व्रिफिङमा  १ सय ३० जनामा काेराेना पुष्टि भएकाे प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् ।

पछिल्लाे २४ घण्टा यता ७५ जनामा काेराेनामुक्त भएका छन् । नेपालमा हालसम्म काेराेना मुक्त हुनेकाे संख्या  १३ हजार १ सय २८ जना पुगेकाे छ ।

त्यस्तै देशभर ४५ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया