एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने
नेपालखोज
२०७७ साउन ११ गते १७:५०
काठमाडौं । काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि यस्तो उपचार खर्चको व्यहोर्ने आश्वासन दिनुभएको हो ।
कीर्तिपुर अस्पतालमा पुगेर मन्त्री ढकालले घटनामा संलग्नलाई हदैसम्मको कारवाही गर्ने समेत बताउनुभयो । मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिनुभएको थियो ।
स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए ।
फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सम्बन्धित
प्रतिक्रिया