नेपाल ट्रेड युनियन कांग्रेसको नविकरण फाइल श्रम मन्त्रीको छोराको हातमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला संस्थापक रहेको नेपाल ट्रेड युनियन कांग्रेस खारेजीको अवस्थामा पुगेपछि त्यसको नेतृत्व गरिरहेका व्यक्ति तिलमिलाएका छन् । श्रम विभागले २०७६ फागुन ३ गते म्याद समाप्त भईसकेको सो संस्था नविकरण गर्न नमिल्ने भन्दै फिर्ता पठाएको थियो ।
नविकरण म्याद सकिएको करीव ५ महिना पछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग पुगेका ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले आफू जसरी भएपनि सो संस्था नविकरण गराउने भन्दै विभागका महानिर्देशक सनत केसीलाई राजनीतिक दवाव दिन पुगेको थिए । ट्रेड युनिय ऐन २०४९ को दफा ९ बमोजिम खारेज भईसकेको नेपाल ट्रेड युनियन कांग्रेस गैरकानूनी ढंगले नविकरण गर्न खोजे पछि नेपाल खोजले यस विषयमा समाचार प्रकाशन गरेको थियो ।
आर्थिक प्रलोभनका कारण नेपाल ट्रेड युनियन कांग्रेस नविकरण गर्न लागेको विषयमा विभागका महानिर्देशक सनत केसीले नियम विपरित आफूले सो संस्था नविकरण नगर्ने बताएका थिए । तर अहिले त्यही विभागबाट नेपाल ट्रेड युनियन कांग्रेस नविकारणका लागि टिप्पणी फाइल श्रम तथा रोजगार मन्त्रालयमा पुगेको छ । नेपाल खोजले निरन्तर खवरदारी गरिहेका कारण सो फाइल श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयको कानून महाशाखाले कानुन मन्त्रालयमा रायका लागि पठाउने गरी निर्णय गरेको छ ।
तर सो फाइल मन्त्रीका छोरा मनिष यादवको हातमा रहेको बुुझिएको छ । हाल मन्त्रीको निजी सचिवका रुपमा काम गरिरहेका मन्त्रालयका उपसचिव सुरेश कुमार रावतले भने, ‘ऐन मिचेर नविकरणका लागि प्रयास नगरिने बताए । उनले भने नियमावली भन्दा ऐन सानो होइन, ऐन विपरित कुनै पनि ट्रेड युनियन नविकरण हुन सक्दैन ।’नेपाल ट्रेड युनियन कांग्रेसमा प्रमुख प्रकासकीय अधिकृतका रुपमा कार्यरत इन्द्रदेव यादवले आफू पनि जिल्ला बासी भएको भन्दै मन्त्रीका छोरा मनिष यादवलाई आर्थिक प्रभावमा पारिसकेका छन् । अहिले सो फाइल मन्त्रालयको कानून शाखाबाट मन्त्रीका छोरा मनिषको हातमा रहेको मन्त्रालय श्रोतले बताएको छ ।
प्रतिक्रिया