सोमबार, जेठ १४, २०८१

नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित,
विवाद जटिल बन्दै

नेपालखोज २०७७ साउन १३ गते १०:५५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः स्थगित गरिएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी द्एि।

तर सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन् ।

प्रतिक्रिया