पछिल्लाे २४ घण्टामा थप २ सय १० जनामा काेराेना पुष्टि, निकाे हुनेकाे संख्या १ सय ४६ पुगे
नेपालखोज
२०७७ साउन १४ गते १६:२९
काठमाडाै । नेपालमा पछिल्लाे २४ घण्टा यता थप २ सय १० जनामा काेराेना पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयकाे ६ हजार ३४ जनामा गरिएकाे काेराेना परीक्षणमा २ सय १० जनामा काेराेना देखिएकाे मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लाे २४ घण्टामा १ सय ४६ जना काेराेनामुक्त भएका छन् । हालसम्म नेपालमा काेराेना मुक्त १४ हजार २१ पुगेकाे प्रवक्ता डा. गौतमले बताए । हालसम्म नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सख्या ४९ पुगेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया