मंगलबार, चैत ११, २०८१

कस्तो छ आजको मौसम ?

नेपालखोज २०७७ साउन १५ गते ८:४३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल सामान्यतया मनसुनमा देशभरी नै फैलिएर पानी पर्नुपर्ने भए पनि अस्तिदेखि कुनै निश्चित ठाउँमा ठूलो पानी पर्ने र नजिकै अर्को ठाउँमा भने पानी नपर्ने गरेको छ ।

Advertisement

पानी पर्ने तरिका फेरिँदा बाढी, पहिरोको जोखिम झनै बढेको महाशाखाले जनाएको छ । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा पूर्वमा नजिकै रहेको र पश्चिममा अलि पर सर्ने क्रममा रहेकाले आज पश्चिमको तुलनामा पूर्वमा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर बेलुकीदेखि हिजोअस्तिको भन्दा कम पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ ।

पानी परेसँगै नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो खस्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढलको पानी निकास नहुँदा शहरी क्षेत्रमा डुबान पनि हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया