मंगलबार, चैत ११, २०८१

भारतमा पछिल्लो २४ घण्टाभित्र ५२ हजारभन्दा बढीमा कोरोना पुष्टि, संक्रमित संख्या १६ लाख नजिक

नेपालखोज २०७७ साउन १५ गते १२:००

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ५२ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस (कोभिड ९१९) पुष्टि भएको छ ।

Advertisement

भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १ सय २३ नयाँ संक्रमित फेला परेको जानकारी दिएको छ । योसँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ ।

त्यस्तै २४ घण्टाको अवधिका थप ७ सय ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा मृत्यु हुनेको संख्या ३५ हजार पुगेको छ भने कोरोनाको उपचारपछि १० लाख २२ हजार संक्रमित निको भइसकेका छन् ।

भारतमा १ हजार ३ सय २१ वटा प्रयोगशालाबाट नियमित कोरोना भाइरसको परीक्षण नियमित परीक्षण भइरहेको छ ।

प्रतिक्रिया