स्वदेश फर्काउनुपर्ने अवस्थाका श्रमिकहरुको तथ्यांक संकलन सुरु
नेपालखोज
२०७७ साउन १६ गते १५:२१
काठमाडौं । विदेशबाट निःशुल्क स्वदेश फर्काउनुपर्ने अवस्थाका श्रमिकहरुको तथ्यांक संकलन सुरु भएको छ ।
ओमानस्थित नेपाली दूतावासले विदेशबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुको तथ्यांक संकलन सुरु गरेको हो ।
कोरोनाका कारण ओमानमा समस्यामा परी आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फिर्ताका लागि आवेदन दिन दूतावासले आग्रह गरेको छ ।
वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत् नेपाली श्रमिकहरु स्वदेश फर्काउन सरकारले जारी गरेको निर्देशिकाको मापदण्डभित्र रहेका श्रमिकहरुलाई आवेदन दिन दूतावासले आग्रह गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया