बुधबार, असार १८, २०८२

पछिल्लाे २४ घण्टामा थप २ सय २४ जनामा काेराेना पुष्टि

नेपालखोज २०७७ साउन १६ गते १६:३४

काठमाडाैं । पछिल्लाे २४ घण्टा यता थप २ सय २४ जनामा काेराेना पुष्टि भएकाे छ । याेसँगै काेराेना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा देशभर १० हजार ७ सय ६८ जनामा काेराेना परीक्षण गरेकाेमा २ सय २४ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

पछिल्लाे २४ घण्टा यता देशभर १ सय ५१ जना काेराेनामुक्त भएका छन् । याेसँगै काेराेना मुक्त हुनेकाे संख्या १४ हजार ३ सय ९९  पुगेका छन् । हालसम्म काेराेना संक्रमणबाट ५६ जनाकाे मृत्यु भइसकेकाे छ ।

 

प्रतिक्रिया