बिहीबार, चैत ६, २०८१

बार्सिलोनासँगको खेल पोर्चुगलमा सार्न नापोलीको प्रस्ताव

नेपालखोज २०७७ साउन १६ गते १७:४०

एजेन्सी । सिरि ए क्लब नापोलीले च्याम्पियन्स लिगको बार्सिलोना विरुद्धको खेल पोर्चुगलमा सार्नुपर्ने बताएको छ ।

Advertisement

नापोलीका अध्यक्ष आरेलियो डी लारेन्टिसले क्याटलोनियामा बढ्दो कोरोना संक्रमणका कारण बार्सिलोना विरुद्धको खेल पोर्चुगलमा सार्नुपर्ने बताएका हुन् । नापोलीले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल नाउ क्याम्पमा बार्सिलोनासँग खेल्दैछ ।

प्रिक्वार्टरफाईनलको खेल अगष्ट ८ मा हुने तय छ । नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगको खेलको मिति मार्च १८ का लागि तय थियो । तर कोरोना भाईरसको महामारीका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।

प्रतिक्रिया