सांसदसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव, उनका चालक, पिएसओसहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएका परिक्षणहरुको शुक्रबार राती सार्वजनिक गरिएका परिक्षण रिर्पोटमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव, उनका चालक, पिएसओसहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
सांसद यादवले आफू कोरोना संक्रमित भएको पुष्टि भएपछि घरमा नै आईसोलेसनमा बसेको र कुनै प्रकारका लक्षण नरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
त्यस्तै संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै एक डाक्टर र एक जना पारामेडिक स्टाफ रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।
संक्रमित हुनेमा १५ देखि ६८ वर्ष उमेर समूहका ३ महिला र ६१ पुरुष गरी ६४ जना रहेको उनले जानकारी दिए । वीरगञ्ज मिना बजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढी र वीरगञ्ज महानगरपालिका वडा नं. ६ का २२ जना र वडा नं. ८ का ११ जना रहेको बताईएको छ ।
प्रतिक्रिया