साउदीमा ४९८ जना अवैधानिक नेपालीलाई बहिर्गमन भिसा
नेपालखोज
२०७७ साउन १७ गते १२:३३
काठमाडौं । साउदीमा ४९८ जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् । बहिर्गमन भिसाको लागि गएको पुस, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये ४९८ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।
अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया