मंगलबार, चैत ११, २०८१

नेपालका पाँचमध्ये तीन आमाले मात्रै शिशुलाई ६ महिनासम्म स्तनपान गराउँछन्

नेपालखोज २०७७ साउन १७ गते १२:३७

काठमाडौं । नेपालमा पाँचमध्ये तीन जना आमाले मात्रै शिशुलाई जन्मेको ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेको पाइएको छ ।

Advertisement

केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणले पाँच जना आमामध्ये तीन जना अर्थात् ६२ दशमलव १ प्रतिशतले मात्र आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दूध मात्रै खुवाउने गरेको पाइएको हो ।

प्रदेशगत आधारमा ६ महिनासम्म शिशुलाई दूध मात्रै खुवाउने आमा प्रदेश २ मा धेरै छन् । प्रदेश २ मा ६९ दशमलव ९ प्रतिशत, कर्णाली प्रदेशमा ६८ दशमलव ३ प्रतिशत र प्रदेश ५ मा ६३ दशमलव २ प्रतिशतले ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेका छन् ।

सबैभन्दा कम वाग्मती प्रदेशमा ५१ दशमलव १ प्रतिशतले मात्रै ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेको पाइएको छ । यस्तै पछिल्लो समय आमाहरुले शिशुलाई स्तनपान नगराउने चलन बढ्दै गएको पाइएको छ।

प्रतिक्रिया