पशुपति क्षेत्रको संरक्षण र सम्बर्द्धन गरिने : मन्त्री भट्टराई
नेपालखोज
२०७७ साउन १७ गते १३:०३
काठमाडौं । पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् ।
उनले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका छने । सामाजिक सन्जाल ट्वीटरमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारले सबैसँग छलफल गरेर यसबारेमा सहमति बनाउने पनि बताए ।
पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा पश्चिम ढोका भत्काउने, ब्रह्मनाल स्थानान्तरण गर्नेलगायतका विषय समेटिएको सार्वजनिक भएपछि सम्पदाविद जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया