भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि
नेपालखोज
२०७७ साउन १८ गते १७:३१
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
गृहमन्त्री शाह आफ्नो ट्वीटर एकाउन्टमार्फत आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
कोभिड १९ देखिएपछि डाक्टरको सल्लाहमा शाह मेदान्ता अस्पताल भर्ना भएका छन् । उनले पछिल्ला दिन आफूलाई भेट्ने सम्पूर्णमा काेराेना परीक्षण गर्न तथा आइसाेलेसनमा बस्न आग्रह गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया