शुक्रबार, वैशाख १४, २०८१

रुघाखोकी ज्वरोले वडाध्यक्षको मृत्यु, कोरोनाको शंका

नेपालखोज २०७७ साउन १९ गते ११:४५

काठमाडौं । रुघाखोकी ज्वरोका कारण रौतहटमा इशनाथ नगरपालिका ५ का वडाध्यक्षको मृत्यु भएको छ । भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिका –५ का ५५ वर्षीय वडाध्यक्ष देवेन्द्र ठाकुरको मृत्यु भएको हो ।

दुई सातादेखि रुघाखोकी र ज्वरोको बिरामी रहेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नर्सिङ होममा लैजादै गर्दा सोमबार बिहान बाटोमै मृत्यु भएको हो ।

विरामीको लक्षणनुसार कोरोना संक्रमण हुनसक्ने आशंकामा स्वाव परीक्षणका लागि संकलन गरिर्दैं छ ।  केही दिन अगाडी उनको आरडिटी परीक्षण गर्दा नेगेटिभ नतिजा आएको थियो ।

उनको पीसीआर जाचको लागि जिल्ला जन स्वास्थ्य कार्यालयमा जानकारी गराइसकेको र परिवारका सबै सदस्यको पनि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले जानकारी दिए । राैतहट जिल्लामा मात्र काेराेना संक्रमणबाट ३ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया