सोमबार, चैत ३, २०८१

अफगान कारागारमा आइएसको हमला, २० जना मारिए

नेपालखोज २०७७ साउन १९ गते १३:५३

जलालाबाद । अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

Advertisement

प्रान्तीय सरकारी अधिकारीहरुका अनुसार त्यसक्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत भएको थियो । प्रान्तीय अस्पतालका प्रवक्ता जाहेर अदेलले कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि गरे ।

मारिनेहरुमा सुरक्षाकर्मी समेत रहेका छन् । प्रान्तीय गभर्नरका प्रवक्ताले उक्त आक्रमणमा कारागारका बन्दी, सुरक्षाकर्मी समेत २१ जनाको ज्यान गएको बताए ।

गत शुक्रबारदेखि ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धबिराम लागू छ । अफगान राष्ट्रपति अस्रफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता शुरु हुने र त्यसपछि स्थायी युद्धबिराम हुने बताए ।  रासस–एएफपी

प्रतिक्रिया