प्रदेश १ का प्रमुख न्यायाधिवक्तासहित १८ जनामा कोरोना पुष्टि
काठमाडौं । प्रदेश १ का प्रमुख न्यायायाधिवक्ता चूडामणि आचार्यसहित विराटनगरका १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीनजना सदस्यसहित १८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
नियमित रुपमा कार्यालयको काम र बैठकहरुमा सहभागी हुँदै आएका आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । केही दिन अगाडी विरामी भएका उनमा कसरी काेराेनाले प्रवेश गर्याे भन्ने केही जानकारी नभएकाे बताएका छन् ।
उनीसँगै संक्रमित पुष्टि हुनेहरुमा विराटनगर प्रहरी कार्यालयका ७ जना, विराटनगर–७ का ४ जना र विराटनगर–६ का १ जना रहेका छन् । त्यस्तै, विराटनगर ७ का ३० र ३६ वर्षीया महिला र २५ र ४५ वर्षीय पुरुष तथा ६ का २४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ्य प्रमुखले जानकारी दिए । हाल विराटनगर महानगरपालिकामा संक्रमितको संख्या १ सय ३८ पुगेको छ ।
प्रतिक्रिया