आइतबार, चैत ९, २०८१

मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई कुट्ने नेपाली रहेको पुष्टि

नेपालखोज २०७७ साउन १९ गते १६:१७

काठमाडौं । केही दिनअघि सामाजिक सञ्जालमा सेक्युरिटी गार्डलाई कुटेको भाइरल भएको थियो । सोमबार क्वालालम्पुरस्थित नेपाली राजदूतावास विज्ञप्ति जारी गर्दै दूतावासले कुट्ने र कुटिने दुबै जना नेपाली नागरिक भएको जनाएको छ।

Advertisement

उक्त भिडिओमा मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई निर्मम तरिकाले कुटपिट गरेका थिए । ड्युटीमै रहेका बेला कुटपिट भएको भिडिओ भाइरल भएपछि राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो ।

गत ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा उक्त घटना घटेको थियो । कुट्ने नेपाली कपिलवस्तुका घर भएका रामगोपाल नुराउ सुपरभाइजरको रूपमा काम गर्थे ।

उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया