बुधबार, जेठ १६, २०८१

आज मंगलबार गणेश भगवानको दर्शन गर्नुहोस् धन लाभ हुनेछ ।। आजको राशिफल ।।

नेपालखोज २०७७ साउन २० गते ५:०५

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथीको आगमन हुनेछ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोध आउला ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँको काम पुरा हुनेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज धार्मिक क्षेत्रको भ्रमण हुनेछ । आफन्तसंग भेटघाट हुनेछ । साँझमा आधुरा काम बन्न सक्छ , तर नियमित खर्चसमेत बढ्ने योगपनि छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घरमा अतिथीको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । ज्यो. प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया