बुधबार, जेठ १, २०८२

आज गाईजात्रा पर्व मनाइँदै

नेपालखोज २०७७ साउन २० गते ८:०६

काठमाडौं । हरेक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्व आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मनाइँदैछ।

आजको दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको विश्वास गरिन्छ।

देशभर कोरोना संक्रमण बढेको र सरकारले पनि ६० वर्षमाथिका वृद्धवृद्धा र बालबालिकालाई भीडभाडमा नल्याउन आग्रह गरेकाले यसवर्षको गाइजात्रा टोलमा मात्र सीमित हुने भएको छ।

प्रतिक्रिया