बिहीबार, वैशाख १३, २०८१

कोशीटप्पुमा ३४ प्रतिशतले पर्यटक आगमनमा कमी

नेपालखोज २०७७ साउन २० गते ११:४०

इनरुवा । प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको छ । कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण आरक्षमा ३३.५७ प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो ।

आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म नेपाली, सार्क मुलुकका र विदेशी गरेर १४ हजार ७ सय १२ पर्यटक आएका थिए भने आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ११ हजार १४ पर्यटकले कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा नेपाली १० हजार ८ सय २५, सार्क मुलुकका १९ र विदेशी १ सय ७० पर्यटकले आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए । आरक्षमा लकडाउनका कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमनका कमी आएको आरक्षका संरक्षण अधिकृत चौधरीले बताएका छन् ।   रासस

प्रतिक्रिया