मंगलबार, जेठ ८, २०८१

अख्तियारमा कार्यरत १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ साउन २० गते १३:४४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय ८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना देखिएको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले १५ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको जानकारी दिए । मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरिरहेका छन् ।

पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार काठमाडौं उपत्यकामा ५१ जना सहित देशभर ४ सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया