बिहीबार, चैत ६, २०८१

पर्सामा कोरोना संक्रमणबाट १८ वर्षीया किशोरीको मृत्यु भएको पुष्टि

नेपालखोज २०७७ साउन २१ गते १०:४२

काठमाडौं । सोमबार मृत्यु भएकी पर्साकी १८ वर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९  मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Advertisement

उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज पुग्नै लाग्दा मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा स्वाव संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो ।

मंगलबार राती उक्त स्वाव परीक्षणको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए । नेपालमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । पर्सा जिल्लामा मात्र १३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया