बुधबार, चैत ५, २०८१

सिरहाको मिर्चैया नगरपालिकामा आजदेखि लकडाउनको घोषणा

नेपालखोज २०७७ साउन २२ गते ९:३३

काठमाडौं । सिरहाको मिर्चैया नगरपालिकामा कोरोनाभाइरस सङ्क्रमणको थप जोखिम हुन नदिन बन्दाबन्दी घोषणा गरिएको छ।

Advertisement

नगरपालिकाको वडा नम्बर ६ का तीन जनामा सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही ३२ साउनसम्म बन्दाबन्दी घोषणा गरिएको हो। नगरपालिकामा बसेको आपतकालीन बैठकले १० दिनका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको मेयर श्रवण यादवले जानकारी दिए।नगरपालिकाले घरमै बसेर बन्दाबन्दी पालना गर्न नगरवासीसंँग आग्रह गरेको छ।

यसैबीच कोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जित्न सफल भएका छन् । ३७ वर्षीय प्रमोद यादव र उनकी ३२ वर्षीया श्रीमती बिन्दाले संक्रमण जितेका हुन्। ती दम्पतीले स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा थिए।

प्रतिक्रिया