प्रचण्डकाे सुरक्षामा खटिएका ६ जनामा कोरोना पुष्टि
नेपालखोज
२०७७ साउन २२ गते १३:४०
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षामा खटिएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
प्रचण्ड सचिवालय स्रोतका अनुसार गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया