पहिरोमा पुरिएर बैतडीमा आमा-छोराको मृत्यु
नेपालखोज
२०७७ साउन २३ गते ९:३८
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दकाअनुसार ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२ वर्षीय रिकेशको मृत्यु भएको हो। बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरमा सुतिरहेका आमा–छोराको मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए।
१६ वर्षीया सुजिता र १२ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएका छन्। घरमाथिबाट खसेको पहिरोले घर पुरिएको स्थानीय महेश पन्तले बताए। मृतक आमा–छोराको शव पोष्टमार्टमा लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका छन्।
सम्बन्धित
प्रतिक्रिया