भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो
काठमाडाैं । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ ।
गत २४ घण्टामा भारतका ६२ हजार ५ सय ३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १३ लाख ७८ हजार २ सय १५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७.३० प्रतिशतले बढेको पाइएको छ ।
भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या भने बृद्धि भएको देखिएको छ । हाल भारतमा ६ लाख ७ हजार २ सय ४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका बताइएको छ ।
भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् ।
प्रतिक्रिया