सोमबार, चैत ३, २०८१

प्रधानमन्त्री ओली र श्रीलंकाका समकक्षी राजपाक्षेबीच फाेनवार्ता, चुनाव जितेकोमा दिए बधाई

नेपालखोज २०७७ साउन २३ गते १४:४२

काठमाडाैं । श्रीलंका पोजुजना पार्टी (एसएलपीपी) ले चुनावमा ठूलो विजय हासिल गरेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरी बधाई दिएका छन् ।

Advertisement

प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई फोन गरी आफूले नेपाली जनता, सरकार र आफ्नै तर्फबाट बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको ओलीले ट्वीटमार्फत जानकारी दिएका हुन् ।

गत नोभेम्बर महिनादेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका उनका दाइलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने अनुमान गरिएको छ ।

उनीहरूको दल ‘श्रीलङ्का पीपल्स फ्रन्ट’ र साझेदार दलहरूले दुईतिहाइ बहुमत प्राप्त गरेका छन् । यो विजयसँगै उनीहरूको चुनावी वाचानुरूप संवैधानिक परिवर्तनहरू गर्ने एउटा बाटो खुलेको छ । उक्त दलले २२५ मध्ये १४५ स्थानमा जितेको छ ।

 

प्रतिक्रिया