बुधबार, जेठ ९, २०८१

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

नेपालखोज २०७७ साउन २३ गते १६:०९

काठमाडाैं । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल निर्विरोध निर्वाचित भएका हुन् ।

सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरे नामलाई शुक्रबार समितिको बैठकले सर्वसम्मतिले अनुुमोदन गरेको थियो । नवनिर्वाचित सभापति मेघी गुुरुङको प्रस्ताव देवेन्द्र दाहाल र समर्थक तारामान स्वाँर तथा सभापति बिडारीको प्रस्तावक राधेश्याम अधिकारी र समर्थकमा शेरबहादुर कुुँवर छन् ।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुई/दुई वर्षमा हुने व्यवस्था छ ।  भूगोल र लैङ्गिक पक्षबाट समेत समावेशी चरित्र रहेको राष्ट्रियसभाले खेलेको भूमिका, अघि बढाएको एकता, सहमति र सहकार्यको मूल्य मान्यता गौरव गर्न लायक रहेको भनी प्रशंसा हुँदै आएको छ ।

नवनिर्वाचित सभापतिले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आइतबार सपथ लिएपछि पदभार ग्रहण हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष  तिमिल्सिनाहरूले समितिमा मनोनयन गरेपछि सभापति चयनको बाटो खुलेको थियो।

प्रतिक्रिया