मंगलबार, चैत ४, २०८१

अब पशुपतिनाथको आरती अनलाइनमा

नेपालखोज २०७७ साउन २३ गते १६:२६

काठमाडौं । पशुपति विकास क्षेत्र कोषले आफ्नो आधिकारिक वेबसाइट, मोवाइल एप्लिकेसन र सबै सोसियल मिडिया प्लाटफर्म सञ्चालनमा ल्याएको छ ।

Advertisement

कोषले नागरिक उड्डयन तथा सांस्कृति मन्त्री योगशप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा पशुपात क्षेत्रको सांस्कृतिक सम्पदा (मूर्त–अमूर्त) ‘अनुसन्धान ग्रन्थ’ लोकार्पण कार्यक्रममा वेबसाइट, मोवाइल एप र सबै सोसियल मिडिया प्लाटफर्मको औपचारिक उद्घाटन मन्त्री भट्टराईले गरेका थिए ।

वेवसाइट सञ्चालनमा ल्याएसँगै भक्तजनले घरमै बसेर पुजाको समय बुकिङ गर्नसक्ने भएका छन् । साथै, मन्दिरमा गरिने पुजाको मूल्य र नित्य कार्यतालिका पनि साइटमा राखिने आइटी विशेषज्ञ आशिष प्रसाईले जानकारी दिए । उनले भने, ‘भक्तजनले हराएको सामान भेटिएपछि मोवाइल एपमा राख्न मिल्ने फिचर समेत भएको एप हो । हामीले देश तथा विदेशमा रहेका नेपालीहरुले पनि पशुपतिमा गरिने आरती हेरुन् भन्ने उद्देश्यले उक्त भिडियो युट्यूवमा पनि राखिने छ ।’

कार्यक्रममा मन्त्री भट्टराईले कोषले बेवसाइट र एप सञ्चालनमा ल्याएसँगै पशुपति क्षेत्र थप व्यवस्थित र सहज हुने बताए । कोषले प्रकाशन गरेको पुस्तक भावी पुस्ता र पशुपति क्षेत्रबारे बुझ्न चाहनेको लागि अनुसन्धानमूलक दस्तावेज बनेको उनले बताए । उनले भने कुन मन्त्री र प्रधानमन्त्रीको पालामा बनेको त्यसबारेमा टाउको नदुखाइ अतिक्रमण र मापदण्ड विपरित बनेका संरचना भत्काइने छ । उनले थपे, अहिलेको सरकार सांस्कृतिक सम्पदालाई संरक्षण गर्न कठिवद्ध रहेको छ । पशुपतिको ढोका स्वर्ग छिर्ने ढोका हो, यहाँ पवित्र काम गर्ने मात्र आउनुपर्ने उनले बताए ।

प्रतिक्रिया