बिहीबार, चैत ६, २०८१

शुक्रबार काठमाडाैंमा ९२ जनासहित उपत्यकाभर १ सय ६ मा देखियाे काेराेना

नेपालखोज २०७७ साउन २३ गते १६:४२

काठमाडाैं । शुक्रबार काठमाडाैं उपत्यकामा थप १ सय ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

शुक्रबार काठमाडाैंमा ९२ सहित उपत्यकाभरी १ सय ६ जनामा देखियाे काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रबार काठमाडौंमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा काेराेना पुष्टि भएकाे प्रवक्ता डा. गौतमले बताए । याेसँगै काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ९ सय८२ पुगेको छ ।

त्यस्तै शुक्रबार देशभर ४ सय ६४ जनामा काेराेना पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या २२ हजार २ सय १४ पुगेको छ ।

प्रतिक्रिया