बाँकेमा निषेधाज्ञा लम्बियो
बाँके। बाँकेमा आजदेखि फेरि निषेधाज्ञाको समयावधि बढाएर साउन २७ गतेसम्म कायम गरिएको छ। २४ गते राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञा अब २७ गते राति १२ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
कोरोना महामारी संक्रमणको वर्तमान अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जारी गरेको सूचनामा उल्लेख छ।
साउन १७ गतेबाट बाँकेका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शववाहन, दमकल वाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा समेत पूर्णतया निषेध ९एरिया सील० गर्ने निर्णय पनि केन्द्रले गरेको छ।
प्रतिक्रिया