नेपालका कोरोनामुक्त ६ जिल्ला
नेपालखोज
२०७७ साउन २३ गते १९:२३
काठमाडौं । नेपालमा ६ जिल्ला कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।
यी जिल्लामा एक पटक सङ्क्रमण पुष्टि भए पनि अहिले सबै निको भएर डिस्चार्ज भइसकेका छन् । महोत्तरी, पर्सा, रौतहट, काठमाण्डौमा भने पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय काठमाडौंमा पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया